बढ्न थालेको सुनको मूल्य घट्यो, तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँ, चाँदी कति?



बिजमाण्डू
२०८३ भदौ २१ गते ११:५५ | Sep 6, 2026
बढ्न थालेको सुनको मूल्य घट्यो, तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँ, चाँदी कति?


काठमाडौं। दुई दिनदेखि बढ्न थालेको सुनको मूल्य घटेको छ। साताको पहिलो दिन तोलामा ३ हजार १ सय रुपैयाँले घटेको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनका तुलनामा २ हजार ५ सय रुपैयाँ बढेर शुक्रबार प्रति तोला ३ लाख ७ हजार ४ सय रुपैयाँ भएको थियो।

चाँदी तोलामा २५ रुपैयाँले घटेको छ। आइतबार कारोबार मूल्य प्रति तोला ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रति तोला ४ हजार ७ सय ६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेपछि यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। आइतबार सुन प्रति औंस ४४३०.०३ डलर छ भने चाँदी प्रति औंस ६६.२२ डलरले कारोबार भइरहेको छ।