काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले निरौलाको राजीनामा स्वीकृत गरेको छ।
हिमालयन रि-इन्स्योरेन्सका सञ्चालकहरु सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जोडिएपछि निरौला गत चैतमा कम्पनीको अध्यक्ष बनेका थिए।
निरौला पनि कम्पनीबाट ५ महिनामै बाहिरिएका हुन्। इन्स्योरेन्समा यसअघि सञ्चालकहरु धमाधम राजीनमा दिएर बाहिरिएका थिए।
कम्पनीले नेप्सेमा पठाएको पत्रमा निरौलाले ‘व्यक्तिगत कारण दर्शाइ’ अध्यक्ष एवम् सञ्चालक साउन २९ मा पेस गरेको राजीनामा भदौ १० देखि लागू हुनेगरी स्वीकृत गरिएको उल्लेख छ।










