प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बीमा प्राधिकरणको १० करोड सहयोग



बिजमाण्डू
२०८३ भदौ १६ गते १६:०१ | Sep 1, 2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बीमा प्राधिकरणको १० करोड सहयोग


काठमाडौं। नेपाल बीमा प्राधिकरणले बाढी पीडितको पुनर्स्थापनाका लागि सरकारलाई १० करोड रुपैयाँ दिएको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ जम्मा गरेको हो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि प्राधिकरणले १० करोड रुपैयाँ सहयोग गरेको एक कर्मचारीले जानकारी दिए।