सुनको मूल्य हिजोभन्दा तोलामा १ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो



बिजमाण्डू
२०८३ भदौ ११ गते १२:०३ | Aug 27, 2026
सुनको मूल्य हिजोभन्दा तोलामा १ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो


काठमाडौं। सुनको मूल्य ३ दिन देखि लगातार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा एक हजार २ सय रुपैयाँले घटेको हो।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २० हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन प्रति तोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ९६५ रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदी प्रति तोला ४ हजार ९७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार प्रति औंस ४६०७.३८ डलर छ। चाँदी प्रति औंस ६८.६८ डलर छ।