काठमाडौं। सुनको मूल्यमा झिनो गिरावट छ भने चाँदी बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ सय रुपैयाँ घटेको छ।
मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपालसुनचादी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार तोलामा ८ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रति तोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो।
चाँदीको मूल्य मंगलबार पनि बढेको छ। ३० रुपैयाँ बढेर प्रति तोला ४ हजार ३ सय ८० रुपैयाँ पुगेको छ। साताको पहिलो दिनका तुलनामा ३५ रुपैयाँ बढ्दा सोमबार प्रति तोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरार्ष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रति औंस ४०६०.५४ डलर छ भने चाँदी प्रति औंस ५८.८ डलरले कारोबार भइरहेको छ। सोमबार सुन प्रति औंस ४०६२.५५ डलर र चाँदी ५७.९७ डलर थियो।










