काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बढेर शुक्रबार प्रति तोला ४ हजार ३ सय ६० रुपैयाँ पुगेको छ। चाँदी तोलामा ५० रुपैयाँ बढेको हो।
बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रति तोला ४ हजार ३ सय १० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन प्रति औंस ४०७८.४२ डलर छ। चाँदी प्रति औंस ५८.६४ डलर छ।
बिहीबार सुन प्रति औंस ४०३३.११ डलर र चाँदी प्रति औंस ५७.१३ डलर थियो।









