सुन तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी १० रुपैयाँ घट्यो, कतिमा हुँदैछ आजको कारोबार?



बिजमाण्डू
२०८३ साउन १४ गते ११:३८ | Jul 30, 2026
सुन तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी १० रुपैयाँ घट्यो, कतिमा हुँदैछ आजको कारोबार?


काठमाडौं। सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। अघिल्लो दिनका तुलनामा बिहीबार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँ घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार रुपैयाँ भएको छ।

यसअघि बुधबार सुन प्रति तोला २ लाख ८३ हजार २ सय रुपैयाँले कारोबार भएको थियो। मंगलबारका तुलनामा बुधबार तोलामा एक हजार रुपैयाँ बढेको थियो। गत सोमबार प्रति तोला २ लाख ८८ हजार ५ सय रुपैयाँ रहेकोमा ४ हजार ३ सय रुपैयाँले घटेर मंगलबार तोलाको २ लाख ८४ हजार २ सय रुपैयाँ भएको थियो।

चाँदी तोलाको ४ हजार ३ सय १० रुपैयाँ भएको छ। बुधबार तोलाको ४ हजार ३ सय २० रुपैयाँ भएको थियो। गत मंगलबारका तुलनामा बुधबार तोलामा १० रुपैयाँ बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औँस ४०३३.११ डलर र चाँदी ५७.१३ डलरले कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस ४०३०.२६ डलर छ भने चाँदी ५७.८५ डलर थियो।