काठमाडौं। ठूला करदाता कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४६ अर्ब ७९ करोड राजस्व संकलन गरेको छ। जुन आन्तरिकतर्फ संकलन भएको कुल राजस्वको ३९.८१ प्रतिशत हिस्सा हो।
गत आवमा आन्तरिक राजस्व विभागले कुल ६ खर्ब १९ अर्ब ८६ करोड राजस्व संकलन गरेको छ। अघिल्लो आव २०८१/८२ मा पनि ठूला करदाता कार्यालयले आन्तरिकतर्फको ४० प्रतिशत राजस्व संकलन गरेको थियो।
ठूला करदाता कार्यालयले गत वर्ष सबैभन्दा धेरै १ खर्ब ४४ अर्ब ९० करोड रुपैयाँ आयकर संकलन गरेको छ।
यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) ६४ अर्ब ३४ करोड, अन्त:शुल्क २७ करोड ७७ लाख, ब्याजकर २० अर्ब ७५ करोड, भाडा बापतको आयकर ४७ करोड, शिक्षा सेवा शुल्क ३ अर्ब ९३ करोड ४८ लाख र अन्य शीर्षकमा १२ अर्ब ९ करोड राजस्व उठेको कार्यालयले जनाएको छ।
वार्षिक १ अर्बभन्दा बढीको कारोबार गर्ने व्यावसायिक कम्पनी ठूला करदाता कार्यालय अन्तर्गत पर्छन्।









