काठमाडौं। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीलाई डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले कम्पनीहरुलाई तीन महिनाभित्र डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न भनेको हो।
इन्स्योरेन्स कम्पनीमा दाबी व्यवस्थापन प्रक्रियालाई पारदर्शी, उत्तरदायी, प्रभावकारी एवम् प्रविधिमैत्री बनाउन तथा बीमितले आफ्नो दाबीको अवस्थाबारे वास्तविक समयमा जानकारी पाउन सकुन् भनेर ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ।
डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले दाबीको सूचना बीमकलाई दिन सक्नेछन्। यस्तै, कम्पनीले दाबी भुक्तानी गर्दासम्मको प्रत्येक चरणको जानकारी पाउनेछन्।










