नेपालमा अबदेखि २०० र ५०० दरका भारु चल्ने, प्रति व्यक्ति सीमा २५ हजार यथावत्



बिजमाण्डू
२०८३ साउन ७ गते १९:२७ | Jul 23, 2026
नेपालमा अबदेखि २०० र ५०० दरका भारु चल्ने, प्रति व्यक्ति सीमा २५ हजार यथावत्


काठमाडौं। नेपालमा अबदेखि २०० र ५०० दरका भारु चल्ने भएको छ। नेपाल राष्ट्र बैंकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका २०० र ५०० दरका भारु नेपालमा चल्ने व्यवस्था गरिएको जनाएको छ।

Tata
GBIME

राष्ट्र बैंकले बिहीबार सूचना निकालेर भनेको छ, ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार भारुको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ।’

यसअघि १०० भारुसम्म मात्र चल्ने व्यवस्था थियो।

नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था भने कायमै छ।

सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारुको कारोबार गर्न पनि निषेध छ।