गोपालमान श्रेष्ठले देउवासँग माग्दा वरिष्ठ नेता पाएनन्, गगनले गरे घोषणा



बिजमाण्डू
२०८३ साउन ७ गते १८:३४ | Jul 23, 2026
गोपालमान श्रेष्ठले देउवासँग माग्दा वरिष्ठ नेता पाएनन्, गगनले गरे घोषणा
गोपालमान श्रेष्ठ। फाइल तस्वीर


काठमाडौं। नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिने भएको छ।

Tata
GBIME

वीपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले गोपालमानलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।

सभापति थापाका अनुसार केही दिनमा बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट यसबारे निर्णय हुनेछ। ‘गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ। साउन १२ र १३ गते केन्द्रीय समिति बैठक बस्दैछ। त्यो बैठकबाट अनुमोदन हुने गरी उहाँलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गर्दछु,’ थापाले भने।

हाल उपचारका क्रममा अस्पतालमा रहेका गोपालमानलाई भेटेर आफूले वरिष्ठ नेताको जिम्मेवारी दिने जानकारी गराएको थापाले बताए।

गोपालमान विशेष महाधिवेशन उद्‍घाटनमा सहभागी भएका थिए। यसअघि १४औं महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवासँग गोपालमानले वरिष्ठ नेता मनोनीत गर्न आग्रह गर्दै आएका थिए। उनले लामो समय देउवा समूहमै रहेर राजनीति गरेका थिए। उनी १० दिनदेखि ललितपुरको एक अस्पतालमा आइसीयूमा उपचाररत छन्।