काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रम जारी छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँले वृद्धि भएको छ।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा एक हजार रुपैयाँले बढ्दा कारोबार मूल्य प्रति तोला २ लख ८५ हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेको छ। चाँदी प्रति तोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रति तोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४१२५.५२ डलर छ। चाँदी प्रति औंस ५९.६२ डलर छ।










