काठमाडौं। बर्डफ्लुले उत्पादन घटेपछि अण्डाको मूल्य बढेको छ।
बजारमा बुधबारदेखि लागू हुने गरी अण्डाको नयाँ बिक्री मूल्य तोकिएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बर्डफ्लुको प्रभावले उत्पादन घटेपछि मूल्य बढाएको बताएको छ।
एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट ५१५ रुपैयाँ पुगेको छ। यस्तै ठूलो अण्डाको मूल्य प्रति क्रेट ५००, मिडियम अण्डाको प्रति क्रेट ४७० र सानो अण्डाको प्रति क्रेट ४१४ रुपैयाँ मूल्य तोकिएको छ।
संघका सचिव मदन पोखरेलले अण्डाको भाउ बढ्दा किसानलाई राहत भएको बताए।










