एमसीसी परियोजनाअन्तर्गत बुटवलमा विद्युत प्रसारण लाइनका ४६ वटा टावर निर्माण



बिजमाण्डू
२०८३ साउन ५ गते ११:३९ | Jul 21, 2026
एमसीसी परियोजनाअन्तर्गत बुटवलमा विद्युत प्रसारण लाइनका ४६ वटा टावर निर्माण


काठमाडौं। एमसीसी परियोजना अन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल-भारत सीमासम्मको १८ किलोमिटर लामो प्रसारण लाइनमा ४६ वटा टावर निर्माण गरिएको छ।

Tata
GBIME

यो प्रसारण लाइन अन्तर्गत ५२ वटा टावर निर्माणको काम अगाडि बढाइएकामा असार मसान्तमा ४६ वटाको काम सकिएको परियोजना कार्यान्वयन गरिरहेको एमसीए नेपालले जनाएको छ।

यो प्रसारण लाइन अन्तर्गत ६ किलोमिटर खण्डमा तार तान्ने काम सकिएको छ। यो प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत् सञ्जाल थप सुदृढ भइ विद्युत् आपूर्तिको विश्वसनीयता बढाउने परियोजनाले बताएको छ।

‘यसबाट क्षेत्रीय ऊर्जा व्यापारमा टेवा पुग्नेछ भने अन्तर-आबद्धता सघन हुनुका साथै ऊर्जा-सुरक्षित भविष्य निर्माण गर्नमा मद्दत पुग्नेछ,’ परियोजनाले भनेको छ।