निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त



बिजमाण्डू
२०८३ साउन ४ गते २०:११ | Jul 20, 2026
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
प्रा. डा. जितेन्द्र परियार


काठमाडौं। निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त भएका छन्।

Tata
GBIME

अस्पताल विकास समितिको सोमबार बसेको बैठकले सिफारिस समितिले गरेको सिफारिसमा योग्यताक्रममा पहिलो नम्बरमा रहेका परियालाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष मुख्यसचिव गोविन्दबहादुर कार्की हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्न असार ५ गते विज्ञापन गरेको थियो।

आवेदकमध्ये धर्मराज गोसाइँ, प्रा. डा. मोहनचन्द्र रेग्मी, डा. अजयकुमार झा, डा. सुरेश श्रेष्ठ, प्रा. डा. अनुजजंग रायमाझी र प्रा. डा. परियारलाई सर्टलिस्ट गरी आइतबार अन्तर्वार्ता लिइएको थियो।