सांसदका स्वकीयले कर्मचारीसरहको सुविधा नपाउने, सुरु स्केल अनुसारको तलब मात्र



बिजमाण्डू
२०८३ साउन ४ गते १९:१४ | Jul 20, 2026
सांसदका स्वकीयले कर्मचारीसरहको सुविधा नपाउने, सुरु स्केल अनुसारको तलब मात्र


काठमाडौं। सांसदका स्वकीय सचिवले महँगी र प्रोत्साहन भत्ता नपाउने भएका छन्।

Tata
GBIME

सरकारले सांसददेखि सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिका स्वकीयलाई सुरु स्केल अनुसारको तलब मात्र दिने भएको हो।

असार ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार कानुन मन्त्रालयले सोमबार स्वकीयको सुविधा सम्बन्धमा राजपत्रमा सूचना निकालेको छ। सूचना अनुसार सांसदका स्वकीय अधिकृत स्तरका हुन्छ्न्। तर उनीहरुले अधिकृत तहका कर्मचारीले भन्दा मासिक १० हजार कम पैसामा चित्त बुझाउनुपर्नेछ।

सरकारले साउन महिनादेखि लागू हुने गरी कर्मचारीको तलब १० प्रतिशत बढाउँदै १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा बजेटमार्फत गरेको थियो। कर्मचारीले यसबाहेक मासिक ५ हजार रुपैयाँ महँगी भत्ता पाउने गरेका छन्।

सुशीला कार्की नेतृत्वको सरकारले ९ महिनाअघि गरेको निर्णय उल्ट्याउँदै प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले स्वकीय सचिव पाउने व्यवस्था ब्युँताएका थिए।