काठमाडौं। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुका लागि नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड इन्स्योरेन्स कन्ट्र्याक्ट(एनएफआरएस)-१७ निर्देशिका जारी गरेको छ।
प्राधिकरणले बीमा कम्पनीहरुको वित्तीय विवरणमा एकरुपता ल्याउन एनएफआरएस-१७ गाइडलाइन्स जारी गरेको हो।
प्राधिकरणले एनएफआरएस-१७ निर्देशिकामा कम्पनीका व्यवस्थापक, एक्चुअरी, लेखापरीक्षक र सुपरिवेक्षकलाई जिम्मेवार बनाएको छ। कम्पनीहरुले तीन महिनाभित्र पोजिसन पेपर तयार पारेर सञ्चालक समितिमा छलफल गरी प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
कम्पनीहरुले एनएफआरएस-१७ मा आधारित वित्तीय विवरण जारी गर्नुपर्नेछ। यसको कार्यान्वयनका लागि प्राधिकरणले निर्देशिकामार्फत कार्यान्वयनका लागि चरणबद्ध सीमा तोकेको छ।
एनएफआरएस-१७ को कार्यान्वयनले कम्पनीहरुको वित्तीय विवरणमा एकरूपता तथा पारदर्शीता कायम हुने प्राधिकरणको विश्वास छ।









