काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले वीरगंजमा होटल मकालुको नाममा रहेको ८७.५३ धुर जग्गा किनेको छ। इन्स्योरेन्सले त्यो जग्गा बिहीबार ३२ करोड रुपैयाँमा किनेको हो।
जग्गा खरिद र रजिष्ट्रेसन तथा नामसारी सेवा शुल्क बापत ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको इन्स्योरेन्सले जनाएको छ। व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि जग्गा किनेको कम्पनीले जनाएको छ।








