सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन प्रति तोला ८०० रुपैयाँ बढ्दा चाँदी ५५ रुपैयाँ महँगियो



बिजमाण्डू
२०८३ असार ३१ गते ११:१७ | Jul 15, 2026
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन प्रति तोला ८०० रुपैयाँ बढ्दा चाँदी ५५ रुपैयाँ महँगियो


काठमाडौं। घट्ने क्रममा ब्रेक लाग्दै सुनचाँदीको कारोबार मूल्य बुधबार बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ८ सय रुपैयाँ र चाँदी ५५ रुपैयाँ बढेको हो।

Tata
GBIME
Nepal Life

सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा एक हजार २ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन तोलाको २ लाख ८५ हजार रुपैयाँ थियो।

चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ५५ रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको हो। मंगलबार प्रति तोला ४ हजार ३ सय ६० रुपैयाँ थियो।      

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४०२६.२४ डलर पुगेको छ। चाँदी प्रति औंस ५८.२७ डलरले कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस ४०२३.३२ डलर र चाँदी ५७.९७ डलर थियो।