सरकार गठनको तीन महिनापछि निजी क्षेत्रसँग संवाद गर्दै बालेन, को-को हुँदैछन् सहभागी?



बिजमाण्डू
२०८३ असार २३ गते २२:१५ | Jul 7, 2026
सरकार गठनको तीन महिनापछि निजी क्षेत्रसँग संवाद गर्दै बालेन, को-को हुँदैछन् सहभागी?


काठमाडौं। सरकार गठन भएको तीन महिनाभन्दा लामो समयपछि प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका व्यवसायीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री निकट स्रोतका अनुसार बुधबार शाहले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विदुषी राणाको संयोजनमा प्रधानमन्त्री र व्यवसायीको भेट हुन लागेको हो। भेटमा अर्थतन्त्रको वर्तमान अवस्था तथा निजी क्षेत्रको भूमिकाबारे छलफल हुने जनाइएको छ।

छलफलमा व्यावसायिक संस्थाका प्रतिनिधि सहभागी हुने जनाइएको छ।