काठमाडौं। सुनको मूल्य अघिल्लो दिनका तुलनामा तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सोमबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
गत शुक्रबारका तुलनामा साताको पहिलो दिन ४ सय रुपैयाँ घट्दा कारोबार मूल्य तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ भएको थियो। शुक्रबार तोलाको २ लाख ९० हजार ७ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर प्रति तोला ४ हजार ५८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलाको ४ हजार ६०५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४१५२.६३ डलर र चाँदी प्रति औंस ६१.१ डलरले कारोबार भइरहेको छ।











