रास्वपाको महामन्त्रीमा विपिनलाई समर्थन गर्दै रञ्जुले छोडिन मैदान, प्रतिस्पर्धामा को-को?



बिजमाण्डू
२०८३ असार १२ गते १३:१३ | Jun 26, 2026
रास्वपाको महामन्त्रीमा विपिनलाई समर्थन गर्दै रञ्जुले छोडिन मैदान, प्रतिस्पर्धामा को-को?

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ।

Tata
GBIME
Nepal Life

महामन्त्रीमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसँगै गणेश पराजुली, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, जगदीश खरेल र रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएका छन्।

कविन्द्र, गणेश, प्रमोद, जगदीश र रञ्जुले विपिन आचार्यलाई समर्थन गरेका छन्।

महामन्त्रीमा विपिनसँग मनिष झा, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धामा छन्। विपिन निवर्तमान सहमहामन्त्री तथा मनिष निवर्तमान प्रवक्ता हुन्।

यस्तै महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्की आमनेसामने भएका छन्।

सहमहामन्त्रीमा भने कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्।

सहमहामन्त्री खुलातर्फ रमेश प्रसाइँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त तथा महिलातर्फको सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्मा आमनेसामने भएका छन्।

उपसभापति खुलातर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्।