काठमाडौं। जेसीबी उपकरण खरिदमा ग्लोबल आइएमई बैंकले ८०% सम्म फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा बैंक र एमएडब्लू अर्थमुभर्स प्रालिबीच सोमबार सम्झौता भएको छ।
सम्झौतापत्रमा एमएडब्लू अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव र बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कर्जा अवधि ५ वर्षको हुनेछ। ग्राहकले आवश्यक कागजात पेस गरेको ७ कार्य दिनभित्र उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म ऋण पाउने विज्ञप्तिमा उल्लेख छ।









