हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीइओको जिम्मेवारी मुकेश कुमार कपुरलाई

बिजमाण्डू
२०८३ असार ३ गते १६:३१ | Jun 17, 2026
हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीइओको जिम्मेवारी मुकेश कुमार कपुरलाई


काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मुकेश कुमार कपुरलाई कायममुकायम सीइओको जिम्मेवारी दिएको छ।

GBIME
Tata

कम्पनी संचालक समिति बैठकले असार २ गते कपुरलाई कामु सीइओको जिम्मेवारी दिएको हो। कपुर सन् २०२१ देखि हिमालयन रिइन्स्योरेन्समा डीसीइओको जिम्मेवारीमा छन्।

आर्थिक हिनामिना प्रकरणमा मुछिएपछि कम्पनीकी सीइओ उपासना पौडेल हाल फरार छिन्। उनीमाथि विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ।