मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, पुँजीगततर्फ ६४ प्रतिशत विनियोजन



बिजमाण्डू
२०८३ असार १ गते १५:३९ | Jun 15, 2026
मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, पुँजीगततर्फ ६४ प्रतिशत विनियोजन

काठमाडौं। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको छ।

Tata
GBIME
Nepal Life

कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख अर्थात् ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख अर्थात् ६४.३६ प्रतिशत विनियोजन गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताए।

आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड र संघीय सरकारको राजस्व बाँडफाँडबाट १२ अर्ब २३ करोड प्राप्त हुने अनुमान गरिएको छ। वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड र चालु आवको नगद मौज्दातबाट ६ अर्ब ८ करोड बेहोर्ने भट्टराईले बताए।  

त्यसमा अपुग हुने १ अर्ब ५० करोड आन्तरिक ऋणबाट पूरा गरिने बजेट वक्तव्यमा उल्लेख छ।