खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि आवदेन खुल्ला, पाँच वर्षको अनुभव हुनुपर्ने



बिजमाण्डू
२०८३ जेठ २९ गते १३:२७ | Jun 12, 2026
खाद्य कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि आवदेन खुल्ला, पाँच वर्षको अनुभव हुनुपर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा करिब एक महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन खुल्ला भएको छ।

Tata
GBIME
Nepal Life

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त पदका लागि खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागेको हो।

मन्त्रालयको सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धीत निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेकाले सूचना प्रकाशन भएको २१  दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा दरखास्त दिनु पर्नेछ।  उक्त पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदकसँग सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उतिर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएकोले हुनुपर्नेछ।

त्यस्तै, उद्योग वाणिज्यो तथा आपूर्ति मन्त्राय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको र अन्य प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने छ।

अनुभवको विवरण पेश गर्दा काम गरेको संस्थाको नाम, पद काम गरेको कूल समयावधि खुलाई स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने भनिएको छ। पारिश्रमिक अन्य सुविधा प्रचलित कानून बमोजिम हुने मन्त्रालयले जनाएको छ।

साथै, यो सूचना बमोजिम रित नपुगी दर्ता हुन आएका दरखास्त सिफारिस समितिबाट अस्वीकृत हुने सुचनामा उलेख्ख छ।