लगातार तीन दिन घटेको सुनको भाउ तोलामा २००० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि



बिजमाण्डू
२०८३ जेठ २६ गते ११:२८ | Jun 9, 2026
लगातार तीन दिन घटेको सुनको भाउ तोलामा २००० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि वृद्धि

काठमाडौं। लगातार तीन कारोबार दिन ओरालो लागेको सुनको मूल्य मंगलबार उकालो लागेको छ। सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँ बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कारोबार मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सुनको भाउ जेठ २२ यता तीन कारोबार दिनमा तोलामा ११ हजार २०० रुपैयाँ घटेको थियो।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रति तोला ४ हजार ९२५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा बढोत्तरी छ। सुन प्रति औंस ४३४९.०८ डलर र चाँदी ६८.५१ डलरले कारोबार भइरहेको छ।