सुनचाँदी बजार : सुनको मूल्य स्थिर रहँदा चाँदी प्रति तोला ३५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८३ जेठ २० गते ११:०७ | Jun 3, 2026
सुनचाँदी बजार : सुनको मूल्य स्थिर रहँदा चाँदी प्रति तोला ३५ रुपैयाँ सस्तियो


काठमाडौं। सुनको मूल्य बुधबार स्थिर छ। मंगलबार सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रति तोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन २ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख १० हजार ९ सय रुपैयाँमा थियो।

चाँदीको मूल्य भने बुधबार तोलामा ३५ रुपैयाँ घटेको छ। चाँदीको भाउ प्रति तोला ५ हजार ३७० रुपैयाँ निर्धारण भएको छ।

महासंघका अनुसार मंगलबार चाँदी प्रति तोला ५ हजार ४०५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४४६९.०९ डलर छ। चाँदी प्रति औंस ७४.७४ डलर भएको छ।

मंगलबार सुन प्रति औंस ४५१७.३१ डलर र चाँदी प्रति औंस ७५.८ डलरमा कारोबार भएको थियो।