नेपाल इन्स्योरेन्सको सीइओमा दोहोरिए वीरकृष्ण महर्जन, ४ वर्षे कार्यकाल



बिजमाण्डू
२०८३ जेठ ८ गते १५:५० | May 22, 2026
नेपाल इन्स्योरेन्सको सीइओमा दोहोरिए वीरकृष्ण महर्जन, ४ वर्षे कार्यकाल


काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा वीरकृष्ण महर्जन दोहोरिएका छन्। इन्स्योरेन्स संचालक समितिले जेठ ८ गते महर्जनलाई थप ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME

महर्जनको ४ वर्षे कार्यकाल जेठ १८ देखि लागू हुनेछ। नेपाल इन्स्योरेन्समा यसअघि सन् २०७९ मा सीइओ नियुक्त भएका थिए। महर्जनसँग बीमा क्षेत्रको तीन दशक बढीको अनुभव छ।

सन् १९९७ जनवरीदेखि भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक संस्था नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट करियर प्रारम्भ गरेका उनले एमबिए र कानूनमा स्नातक गरेका छन्।

नेपाल इन्स्योरेन्समा आबद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्समा सीइओ‌को जिम्मेवारी सम्हालेका थिए।