सन नेपाल लाइफ इन्स्योरेन्सका चार सञ्चालकको पदावधि थपियो, साधारणसभा नभएसम्म कायम रहने



बिजमाण्डू
२०८३ बैशाख ७ गते ११:१७ | Apr 20, 2026
सन नेपाल लाइफ इन्स्योरेन्सका चार सञ्चालकको पदावधि थपियो, साधारणसभा नभएसम्म कायम रहने
अनुज क्याल


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सका चार सञ्चालकको पदावधि थप गरिएको छ।

Vigo
GBIME
Tata

संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अनुज क्याल, सशांक अग्रवाल, किरण केसी र नारायण रुंगटाको पदावधि आगामी साधारण सभा नभएसम्मका लागि थप गरिएको हो।

उनीहरुको चार वर्षे पदावधि वैशाख ८ गते सकिंदै थियो। त्यही कारण सञ्चालक समितिको आइतबार बसेको बैठकले पदावधि थप्ने निर्णय गरेको हो।

क्याल इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष हुन्। उनले अध्यक्षमा निरन्तरता पाएका छन्।

क्याल, अग्रवाल, केसी र रुंगटा २०७४ फागुन ४ गते कम्पनीको सञ्चालक नियुक्त भएकामा उनीहरुले २०७९ वैशाख ९ गते पुनर्नियुक्ति पाएका थिए।