पोखरामा नयाँ वर्ष मनाउनेको उल्लास, होटेलको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी



बिजमाण्डू
२०८३ बैशाख १ गते १५:२४ | Apr 14, 2026
पोखरामा नयाँ वर्ष मनाउनेको उल्लास, होटेलको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी

काठमाडौं । नयाँ वर्ष २०८३ मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन्।

Tata
GBIME
Nepal Life

नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

नेपाली नयाँ वर्षकै अवसरमा संघले संचालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औं संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए।

प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन्।

पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए। रासस