सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा बिचौलियाहरुलाई पक्राउ गर्दा सेयर बजार तरंगित



बिजमाण्डू
२०८२ चैत्र २२ गते ११:५० | Apr 5, 2026
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा बिचौलियाहरुलाई पक्राउ गर्दा सेयर बजार तरंगित


काठमाडौं। सरकारले सम्पत्ति शुद्धीकरण गर्नेहरुमाथि अनुसन्धान तीव्र बनाउँदा सेयर बजार तरंगित भएको छ। नेप्से परिसूचक आइतबार कारोबार खुलेदेखि नै घटेको छ।

Vigo
GBIME
Tata

नेप्से परिसूचक ५० मिनेटमा ६६ अंक घटेर २७१५ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरीले गत बिहीबार बिचौलिया दीपक भट्टलाई पक्राउ गरेकामा उनका व्यापारिक साझेदार शंकर अग्रवाल शुक्रबार र सुलभ अग्रवाल शनिबार समातिएका थिए।