बीमा कम्पनीले बढाए व्यापार, ८ महिनामा १.५६ खर्ब प्रिमियम संकलन, कुनको व्यवसाय कस्तो?



बिजमाण्डू
२०८२ चैत्र १२ गते १६:४४ | Mar 26, 2026
बीमा कम्पनीले बढाए व्यापार, ८ महिनामा १.५६ खर्ब प्रिमियम संकलन, कुनको व्यवसाय कस्तो?

काठमाडौं। बीमा कम्पनीले आफ्नो व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले प्रिमियम आर्जन बढाएका हुन।

Tata
GBIME
Nepal Life

कम्पनीहरुको नयाँ व्यापार बढ्दा चालु आर्थिक वर्ष ८ महिनामा प्रिमियम आर्जनमा सुधार देखिएको छ।

यो आर्थिक वर्ष साउनदेखि फागुनसम्म ३ वटा लघुसहित १७ जीवन बीमा कम्पनीले १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम गत वर्ष ८ महिनाको तुलनामा १६.६८ प्रतिशत धेरै हो।

पोहोर ८ महिनामा जीवन बीमा कम्पनीले १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्क ४४.४६ प्रतिशत बढाएका छन्। पोहोर फागुनसम्म प्रथम बीमा शुल्क २१ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ आर्जन गरेका कम्पनीले यो वर्ष सोही अवधिमा ३१ अर्ब ५ करोड रुपैयाँ कमाएका हुन्।

प्राधिकरणका अनुसार सबै जीवन बीमा कम्पनीले प्रिमियम आर्जन बढाएका छन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको पहिलो ८ महिनामा आर्जन गरेको प्रिमियम रकम लाखमा

कम्पनी२०८२/८३२०८१/८२फरक %
नेपाल लाइफ३२९७५७.०७२९३९८९.३९१२.१७
नेसनल लाइफ१५००२१.१७१३६२८४.५७१०.०८
लाइफ इन्स्योरेन्स कर्पोरेसन१३४६०३.४७१२५६०५.३१७.१६
हिमालयन लाइफ११७१६२.१८११२२२७.५२४.४
राष्ट्रिय जीवन बीमा कम्पनी८७४३०.४७४४७९३.४०९५.१९
सूर्यज्योति लाइफ७४३८७.४१६६९५०.०९११.११
एसियन लाइफ६३८४८.५९५६९८२.७६१२.०५
सिटिजन लाइफ५३२५८.२८४४९००.४११८.६१
सानिमा रिलायन्स लाइफ४७६२८.८६४२९२६.७८१०.९५
आइएमई लाइफ४२८५५.५६३२८७८.२५३०.३५
मेट लाइफ४२५१६.३९३८८०९.२१९.५५
रिलायबल नेपाल३९०९१.०५३१७५९.७१२३.०८
प्रभु महालक्ष्मी लाइफ३६६७७.५२३१९७६.६७१४.७
सन नेपाल लाइफ२८०२०.३०२७०२९.५८३.६७
माइक्रो सहित कुल१२७६८८१.८११०९४३५९.७८१६.६८
स्रोत : नेपाल बीमा प्राधिकरण

निर्जीवन बीमा कम्पनीको व्यापार १३.७ प्रतिशत बढेको छ। निर्जीवन बीमा कम्पनी यो वर्ष ८ महिनामा ३२ अर्ब ५२ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्। उनीहरुले गत वर्ष सोही अवधिमा २८ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

१३ वटा निर्जीवन बीमा कम्पनीको प्रिमियम बढेको छ। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ।

निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको पहिलो ८ महिनामा आर्जन गरेको प्रिमियम रकम लाखमा

निर्जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
शिखर इन्स्योरेन्स४३८५४.२५४०१३९.५६९.२५
सगरमाथा लुम्बिनी३३६८४.४०३३२४४.६३१.३२
हिमालयन एभरेष्ट३२०८५.९४२२१०५.७९४५.१५
सिद्धार्थ प्रिमियर२७९२१.१९२७५३९.५६१.३९
आइजीआई प्रुडेन्सियल२६८४७.५३२३७६०.७९१२.९९
एनएलजी इन्स्योरेन्स२५३२५.१०१८५९१.२६३६.२२
नेको इन्स्योरेन्स२३९५४.८३२१९४८.७६९.१४
युनाइटेड अजोड१९६२९.१३१५९८६.४५२२.७९
ओरियन्टल इन्स्योरेन्स१९४३६.९३१७०३५.५८१४.१
सानिमा जिआईसी१७८५९.८९१५७१०.३११३.६८
नेपाल इन्स्योरेन्स कम्पनी१४९६१.७०१४०२४.०८६.६९
प्रभु इन्स्योरेन्स१२१४२.०७११६१५.२४४.५४
राष्ट्रिय बीमा कम्पनी१०६३३.३११०९३८.७१-२.७९
नेसनल इन्स्योरेन्स८६८७.६६७६४७.७९१३.६
माइक्रो सहित कुल३२५२८२.७१२८६०८४.६३१३.७
स्रोत : नेपाल बीमा प्राधिकरण