काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार भएको बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।
कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ५६ लाख ५७ हजार रुपैयाँ नगद लाभांश छुट्याएको छ। इन्स्योरेन्सको अहिले २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्। इन्स्योरेन्सले अघिल्लो वर्ष ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।










