नेपाली इन्स्योरेन्स कम्पनीहरू देश बाहिर पनि सेवा विस्तार गर्ने अवस्थामा पुगे : ढकाल



बिजमाण्डू
२०८२ फागुन १५ गते १०:५१ | Feb 27, 2026
नेपाली इन्स्योरेन्स कम्पनीहरू देश बाहिर पनि सेवा विस्तार गर्ने अवस्थामा पुगे : ढकाल
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल।


काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीहरूको पुँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन्।

Tata
GBIME

आईजीआई प्रुडेन्सियलको नयाँ केन्द्रीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह समेत गरे।

विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरे जस्तै नेपाली इन्स्योरेन्स कम्पनीहरू पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोच तथा लक्ष्यप्रति प्राधिकरणको नीतिगत सहयोग रहने आश्वासन दिए।

बीमा प्राधिकरणको नीतिगत सहजीकरण र नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा जाने लक्ष्यले बीमा बजार थप विस्तार हुने देखिएको छ।

आईजीआई प्रुडेन्सियलले काठमाडौंको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भव्य भवनबाट सेवा दिने गरी उद्घाटन गरेको छ।