काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको मुद्दती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी मार्गदर्शन, २०८१ संशोधन गरेको छ।
प्राधिकरण संचालक समितिले माघ अन्तिम साता बीमकको मुद्दती निक्षेपमा एयरमार्क सम्बन्धी मार्गदर्शन संशोधन गरेको हो।
प्राधिकरणलाई इन्स्योरेन्स कम्पनीले मुद्दती निक्षेप खाता खोलिएको १५ कार्य दिन भित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेष्ट पेस गर्नुपर्नेछ। त्यसपछि पेस गरिएको कुनै पनि ब्लक रिक्वेष्ट उपर कारबाही अगाडी बढाइने नबढाइने मार्गदर्शनमा उल्लेख छ।
यसअघि इन्स्योरेन्सले मुद्दती निक्षेप खाता खोलिएको ७ कार्य दिन भित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेष्ट पेस गर्नुपर्ने व्यवस्था थियो।










