काठमाडौं। बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन प्रति तोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। बिहीबार चाँदी प्रति तोला ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ।
बुधबार चाँदी तोलामा १ सय ३० रुपैयाँ बढेर कारोबार मूल्य प्रति तोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ५१९५.१३ डलर र चाँदी प्रति औंस ८९.७४ डलर पुगेको छ। बुधबार सुनको मूल्य प्रति औंस ५५७२.४४ डलर थियो भने चाँदी प्रति औंस ८७.३५ डलर थियो।










