काठमाडौं। सुनको कारोबार मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा स्थिर छ। बुधबार प्रति तोला ३ लाख १४ हजार ८ सय रुपैयाँ रुपैयाँले कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारका तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँ बढेर मंगलबार उक्त मूल्य कायम भएको थियो। गत सोमबार तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँ थियो।
यो साताको प्रारम्भमा सुन तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँ थियो, सोमबार ३ हजार २ सय रुपैयाँ र मंगलबार १ हजार ३ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।
बुधबार चाँदी भने तोलामा १ सय ३० रुपैयाँ महँगिएको छ। कारोबार मूल्य प्रति तोला ५ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। सोमबारका तुलनामा १० रुपैयाँ घटेर मंगलबार तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस ५१९०.७ डलर पुगेको छ। चाँदी प्रतिऔंस ८९.५७ डलर छ। मंगलबार सुन प्रतिऔंस ५५७२.४४ डलर र चाँदी ८७.३५ डलर थियो।










