सुनको मूल्य लगातार उच्च, १३ सय बढ्दा तोलाको ३ लाख १५ हजार नजिक, चाँदी घट्यो



बिजमाण्डू
२०८२ फागुन १२ गते ११:२२ | Feb 24, 2026
सुनको मूल्य लगातार उच्च, १३ सय बढ्दा तोलाको ३ लाख १५ हजार नजिक, चाँदी घट्यो


काठमाडौं। सुनको मूल्य लगातार उच्च भएको छ। साताको दोस्रो दिनका तुलनामा मंगलबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १४ हजार ८ सय रुपैयाँ भएको छ।

यसअघि ३ हजार २ सय रुपैयाँले बढेर सोमबार तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँ भएको थियो। चालु महिनाको प्रारम्भमा ३ लाख ३ हजार ५ सय रुपैयाँ तोला रहेको सुन दुई साता नबित्दै ११ हजार ३ सय रुपैयाँ बढिसकेको छ।

चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको भन्दा १० रुपैयाँ घटेर मंगलबार प्रति तोला ५ हजार ५ सय ८५ रुपैयाँ भएको छ। यसअघि साताको पहिलो दिनका तुलनामा १७० रुपैयाँ बढेर सोमबार प्रति तोला ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ५१७२.४४ डलर पुगेको छ। चाँदी प्रति औंस ८७.३५ डलर छ। सोमबार सुन प्रति औंस ५१५७.७१ डलरले कारोबार भएको थियो ।