अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको भाउ आज स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो



बिजमाण्डू
२०८२ फागुन ८ गते ११:०७ | Feb 20, 2026
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको भाउ आज स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ बढे पनि स्थानीय बजारमा शुक्रबार मूल्य स्थिर छ। चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार सुन तोलामा ४ हजार ३०० रुपैयाँले बढेर प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला १ हजार ५०० रुपैयाँ घटेर प्रति तोला ३ लाख ४०० रुपैयाँ थियो।

त्यस्तै,चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रति तोला ५ हजार ५० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर प्रति तोला ५ हजार ६० रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५००४.७३ डलर छ। चाँदी प्रतिऔंस ७८.४२ डलर छ। बिहीबार सुन प्रति औंस ४९८८.२४ डलर र चाँदी प्रतिऔंस ७५.५५ डलर थियो।