सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३ हजार घट्दा चाँदी १२५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ फागुन ४ गते ११:०३ | Feb 16, 2026
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३ हजार घट्दा चाँदी १२५ रुपैयाँ सस्तियो


काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घट्दा स्थानीय बजारमा पनि ओरालो लागेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार रुपैयाँले घटेको छ भने चाँदी १ सय २५ रुपैयाँ सस्तिएको छ।

Tata
GBIME

सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत शुक्रबारका तुलनामा २ हजार ३ सय रुपैयाँ बढेर आइतबार कारोबार मूल्य तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदी १२५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ८ सय ६० रुपैयाँ आइपुगेको छ। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ घटेर आइतबार चाँदी तोलाको ४ हजार ९ सय ८५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य घटेर प्रति औंस ४९७६.६५ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ७५.२५ डलरले कारोबार भइरहेको छ। आइतबार सुन प्रति औंस ५०४१.८ डलर र चाँदी ७७.४१ डलर थियो।