ब्याजदरमा कमी र दाबी भुक्तानीले इन्स्योरेन्सको नाफामा गिरावट, निर्जीवन बीमा कम्पनी नोक्सानीमा



बिजमाण्डू
२०८२ माघ २९ गते १८:५३ | Feb 12, 2026
ब्याजदरमा कमी र दाबी भुक्तानीले इन्स्योरेन्सको नाफामा गिरावट, निर्जीवन बीमा कम्पनी नोक्सानीमा

काठमाडौं। इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ। जीवन बीमा कम्पनीको नाफा घट्दा निर्जीवन बीमा कम्पनी नोक्सानीमै गएका छन्।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा १३ वटा जीवन बीमा कम्पनीले ३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

जीवन बीमा कम्पनीले कमाएको नाफा पोहोर ६ महिनाको तुलनामा ४.६९ प्रतिशत कम हो। जीवन बीमकले पोहोर साउनदेखि पुससम्म ३ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएका थिए।

४ वटा कम्पनीको नाफा घटेको छ। ९ कम्पनीले नाफा बढाउँदा रिलायबल नेपालले सर्वाधिक ३९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।

जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको नाफा रु हजारमा

बीमा कम्पनी२०८२/८३ साउन-पुस
२०८१/८२
साउन-पुस
फरक %
रिलायबल नेपाल३९५८७८३५०३९०१२.९८
नेपाल लाइफ३३६९२०४६८१५०-२८.०३
नेसनल लाइफ२८६८३१२७९१४०२.७६
सन नेपाल२८५४१५२८२२७९१.११
सानिमा रिलायन्स२७६१८७२३१६८९१९.२१
आइएमई लाइफ२७०६५८२६७८६२१.०४
एसियन२६३५६३२५०३०७५.३
सिटिजन२३१५२९२३०९७१०.२४
लाइफ इन्स्योरेन्स कर्पोरेसन२२४५५८१४१७९९५८.३६
मेट लाइफ२०३५०८२२२५५९-८.५६
सूर्यज्योति२०१८७३१९६१३९२.९२
प्रभु महालक्ष्मी१३३१५९१८२५८६-२७.०७
हिमालयन२०६७३७३७६२८२-४५.०६
कुल३३१६८१६३४८०१५३-४.६९

बैंकको ब्याजदर घट्दा र दाबी भुक्तानी बढ्दा बीमा कम्पनीको नाफा प्रभावित भएको हो।

निर्जीवन बीमा कम्पनी नोक्सानीमै गएका छन्। १४ वटा निर्जीवन बीमा कम्पनी ४१ लाख रुपैयाँ नोक्सानीमा गएका छन्। ५ वटा कम्पनी घाटामा छन्। ६ वटाको नाफा घटेको छ।

भदौ २३ र २४ गतेको आन्दोलन तथा प्राकृतिक विपत्तिका कारण उच्च दाबी भुक्तानी आउँदा निर्जीवन बीमा कम्पनीको नाफामा असर परेको हो।

बैंकको ब्याजदर निरन्तर घटेकाले पनि मुद्दती निक्षेपबाट प्राप्त हुने बीमा कम्पनीको आम्दानीमा गिरावट आएको छ।

निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको नाफा रु हजारमा

बीमा कम्पनी२०८२/८३ साउन-पुस२०८१/८२ साउन-पुसफरक %
राष्ट्रिय बीमा कम्पनी१७७,२६३३४६,६८८-४८.८७
प्रभु१२२,४५९१२०,०४९२.०१
सगरमाथा लुम्बिनी३७,३४४६५,८५३-४३.२९
हिमालयन एभरेष्ट१५,७५५१५९८७४-९०.१५
एनएलजी इन्स्योरेन्स११,०४४७४,५०३-८५.१८
नेको१०,७७५१५६,०३०-९३.०९
नेपाल इन्स्योरेन्स४,९५८८६,०२७-९४.२४
ओरियन्टल१६२२३४-१९७,५४१
शिखर इन्स्योरेन्स-४४,७३१२५७,३५२
सानिमा जीआइसी-९५,९०५१२१,६९८
युनाइटेड अजोड-१०६,६२८६९६८३
आइजीआइ प्रुडेन्सियल-१८१,१३२१४३,०९७
सिद्धार्थ प्रिमियर-१७८,५५२२२५,०००-१७९.३६
नेसनल इन्स्योरेन्स६१,००१-३६९,८६८
कुल-४११५१,२५८,४४५