सुनको मूल्यमा ९ सयको बढोत्तरी, तोलाको ३ लाख ५ हजार ५ सय पुग्यो, चाँदीमा गिरावट

बिजमाण्डू
२०८२ माघ २७ गते ११:२५ | Feb 10, 2026
सुनको मूल्यमा ९ सयको बढोत्तरी, तोलाको ३ लाख ५ हजार ५ सय पुग्यो, चाँदीमा गिरावट


काठमाडौं। सुनको मूल्यमा भइरहेको वृद्धि थामिएको छैन। अघिल्लो दिनका तुलनामा ९ सय रुपैयाँको बढोत्तरीसँगै मंगलबार कारोबार मूल्य तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीमा भने झिनो गिरावट छ।

GBIME
Tata

यसअघि साताको पहिलो दिनका तुलनामा ४ हजार १ सय रुपैयाँको बढोत्तरीसँगै सोमबार सुनको कारोबार मूल्य सोमबार तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ भएको थियो। माघ लागेयता सुन तोलामा २९ हजार रुपैयाँ बढेको छ।

चाँदी मंगलबार प्रति तोला ५ हजार २ सय ४० रुपैयाँ भएको छ। यो अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घटेर कायम कारोबार मूल्य हो। सोमबार तोलाको ५ हजार २ सय ५० रुपैयाँ पुगेको थियो। यसअघि आइतबारका तुलनामा सोमबार तोलामा २४० रुपैयाँ बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य अघिल्लो दिनका तुलनामा घटेको छ। मंगलबार सुन प्रति औंस ५०२५.५४ डलरले कारोबार भइरहेको छ। यो एक दिनमा २९.८२ डलरको गिरावटपछि कायम मूल्य हो। चाँदी प्रति औंस ८१.२३ डलर भएको छ।