लगातार उकालो लाग्दै सुनचाँदीको भाउ, सुन तोलामा ४१०० र चाँदी २४० रुपैयाँ महँगियो



बिजमाण्डू
२०८२ माघ २६ गते ११:४२ | Feb 9, 2026
लगातार उकालो लाग्दै सुनचाँदीको भाउ, सुन तोलामा ४१०० र चाँदी २४० रुपैयाँ महँगियो


काठमाडौं। सुनको मूल्य लगातार बढ्न थालेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ।

Tata
GBIME

सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबारसम्म घटिरहेको सुनको मूल्य यो सातादेखि लगातार बढिरहेको छ। दुई दिनमा सुन तोलामा १३ हजार ६ सय रुपैयाँले बढिसकेको छ।

चाँदीको मूल्य पनि बढेर ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा २ सय ४० रुपैयाँ बढेको हो। आइतबार चाँदी बढेर प्रति तोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रति औंस ५०२२.५७ डलर र चाँदी प्रति औंस ८१.८७ डलर पुगेको छ। आइतबार सुन प्रति औंस ४९६६.२६ डलर र चाँदी ७७.८ डलर थियो।