नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित



बिजमाण्डू
२०८२ माघ २० गते ११:१३ | Feb 3, 2026
नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित


काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ जितेको छ। कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा कम्पनी उत्कृष्ट ठहरिएको हो।

Tata
GBIME

काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका थिए।

नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, अटोमेसन र डिजिटल ट्रान्स्फरमेसनको क्षेत्रमा गरिएका कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरू जस्ता मापदण्डलाई मूल्यांकन गर्दै नेपाल लाइफले यो सम्मान पाएको हो।

‘कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अवार्ड ग्रहण गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैलाई आभार प्रकट गरे। यसरी नै सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्त्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाका लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए।