काठमाडौं। जेनजी आन्दोलनमा भएको क्षतिबाट परेको दाबीमा निर्जीवन बीमा कम्पनीले अग्रिमसहित ६ अर्ब भुक्तानी गरेका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट भएको क्षतिका कारण २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँको दाबी परेकामा माघ ५ गतेसम्म बीमा कम्पनीले कुल ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।
आन्दोलनमा भएको क्षतिबाट कम्पनीमा ३ हजार ३३४ दाबी परेको थियो। नेपाल बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै १८ अर्ब ९५ करोड ३७ लाख रुपैयाँ दाबी परेकामा कम्पनीहरुले ४ अर्ब ८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

मोटर बीमातर्फ ३ अर्ब ८५ करोड ८१ लाख दाबीमध्ये १ अर्ब ७० करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ।
यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ८७ लाख दाबी रकममध्ये ९ करोड ४७ लाख, परिवहन बीमातर्फ १ करोड ६८ लाख दाबी रकममध्ये १ करोड ५९ लाख र अन्य बीमातर्फ ३८ करोड ५२ लाख दाबीमध्ये ७ करोड ७७ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ९८ करोड रुपैयाँ भुक्तानी भएको छ। यस्तै,आइजीआई प्रुडेन्सियलले १ अर्ब ११ करोड रुपैयाँ भुक्तानी गरेको छ।










