सुनचाँदीको मूल्यमा पहिरो : सुन तोलामा १८ हजार ८ सय घट्यो, चाँदीमा १५ सय रुपैयाँ गिरावट



बिजमाण्डू
२०८२ माघ १८ गते ११:२३ | Feb 1, 2026
सुनचाँदीको मूल्यमा पहिरो : सुन तोलामा १८ हजार ८ सय घट्यो, चाँदीमा १५ सय रुपैयाँ गिरावट

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। साताको पहिलो दिन सुन तोलामा १८ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

आइतबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा २० हजार ५ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

गत बिहीबार एकैदिन २० हजार ५ सय रुपैयाँ बढ्दा सुनको भाउ हालसम्मकै उच्च प्रति तोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

चाँदी पनि घटेको छ। आइतबार कारोबार मूल्य प्रति तोला ५ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। गत शुक्रबार प्रति तोला ७ हजार ६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दै प्रति औंस ४८९३.२ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ८५.३४ डलर छ। गत शुक्रबार सुन प्रति औंस ५२०० र चाँदी प्रति औंस १११ डलरमा कारोबार भएको थियो।