सुनको मूल्य तोलामा साढे २० हजार रुपैयाँ घट्यो, चाँदीको भाउ पनि ४४० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ माघ १६ गते १०:५७ | Jan 30, 2026
सुनको मूल्य तोलामा साढे २० हजार रुपैयाँ घट्यो, चाँदीको भाउ पनि ४४० रुपैयाँ सस्तियो


काठमाडौं। सुनको मूल्य तोलामा साढे २० हजार रुपैयाँ घटेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य तल आएसँगै नेपाली बजारमा मूल्य घटेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यववसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रति तोला ३ लाख १८ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ। सुन बिहीबार तोलामा २० हजार ५०० रुपैयाँ बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको हो। महासंघले चाँदीको मूल्य शुक्रबारका लागि ७ हजार ६५ रुपैयाँ निर्धारण गरेको छ। चाँदी बिहीबार प्रति तोला ७ हजार ५०५ रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन अहिले प्रति औंस ५ हजार २०० र चाँदी प्रति औंस १११ डलरका दरले कारोबार भइरहेको छ। सुनको भाउ बिहीबार प्रति औंस ५ हजार ५६० डलरसम्म पुगेको थियो।