काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा जीवन र निर्जीवन बीमा कम्पनीले व्यवसाय बढाएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्स कम्पनीको नयाँ व्यापार बढ्दा प्रिमियम आर्जनमा सुधार देखिएको छ।
यो आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म ३ वटा लघुसहित १७ जीवन बीमा कम्पनीले ९६ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम गत वर्ष ६ महिनाको तुलनामा १९.०५ प्रतिशत धेरै हो।
जीवन बीमा कम्पनीले गत वर्ष ६ महिनामा ८१ अर्ब १७ करोड रुपैयाँको व्यापार गरेका थिए। जीवन बिमकको नयाँ व्यापार ४८.०१ प्रतिशतले बढेको छ। उनीहरुले यो वर्ष प्रथम बीमा शुल्क २३ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेका छन्।
प्राधिकरणका अनुसार सबै जीवन बीमा कम्पनीले व्यवसायमा सुधार गरेका छन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २५ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। इन्स्योरेन्सले गत वर्षको तुलनामा यो वर्ष १३.६ प्रतिशतले बीमा शुल्क आर्जन वृद्धि गरेको छ।
जीवन बीमामा सबैभन्दा धेरै राष्ट्रिय जीवन बीमा कम्पनीले १२८.१५ प्रतिशतले व्यापार बढाएको छ। कम्पनीले यो वर्ष ६ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।
जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको ६ महिनामा आर्जन गरेको प्रिमियम रु लाखमा
| कम्पनी | २०८२/८३ साउनदेखि पुससम्म | २०८१/८२ साउनदेखि पुससम्म | फरक % |
| नेपाल लाइफ | २५५१३१.१२ | २२४५७७.६१ | १३.६ |
| नेसनल लाइफ | ११३७३१.२५ | ९६०८०.८६ | १८.३७ |
| लाइफ इन्स्योरेन्स कर्पोरेसन | १०२२५३.२४ | ९४६००.५६ | ८.०९ |
| हिमालयन लाइफ | ८६२२०.३३ | ८३३०८.९० | ३.४९ |
| राष्ट्रिय जीवन बीमा कम्पनी | ६३३२७.०४ | २७७४५.०९ | १२८.२५ |
| सूर्यज्योति लाइफ | ५६६६५.६८ | ५०६५७.३२ | ११.८६ |
| एसियन लाइफ | ४६४०२.७३ | ४२१८६.२१ | १० |
| सिटिजन लाइफ | ४०४११.४९ | ३३८३६.०२ | १९.४३ |
| सानिमा रिलायन्स लाइफ | ३६३८२.४३ | ३२४०४.४० | १२.२८ |
| मेट लाइफ | ३२४२१.०५ | २८६८५.२६ | १३.०२ |
| आइएमई लाइफ | ३१८९८.८४ | २४४०१.२० | ३०.७३ |
| रिलायबल नेपाल | २९८४४.०७ | २३८५०.१३ | २५.१३ |
| प्रभु महालक्ष्मी लाइफ | २७९६८.५२ | २४२७३.१७ | १५.२२ |
| सन नेपाल लाइफ | २११३९.६८ | २००३१.६८ | ५.५३ |
जीवन मात्रै नभएर निर्जीवन बीमा कम्पनीको पनि व्यापारमा सुधार आएको छ। पुससम्म ४ वटा लघुसहित डेढ दर्जन कम्पनीले २४ अर्ब ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
कम्पनीले आर्जन गरेको प्रिमियम पोहोर ६ महिनाको तुलनामा १४.०६ प्रतिशत धेरै हो। पोहोर ६ महिनामा निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ३० करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।
जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको ६ महिनामा आर्जन गरेको प्रिमियम रु लाखमा
| कम्पनी | २०८२/८३ साउनदेखि पुससम्म | २०८१/८३ साउनदेखि पुससम्म | फरक % |
| शिखर इन्स्योरेन्स | २७७६४.२७ | २५९०२.९९ | ७.१९ |
| सगरमाथा लुम्बिनी | २६१३३.२९ | २५५३६.३८ | २.३४ |
| हिमालयन एभरेष्ट | २४९२९.१६ | १७१८४.०४ | ४५.०७ |
| सिद्धार्थ प्रिमियर | २१९६५.२७ | २१३८०.७२ | २.७३ |
| आइजीआई प्रुडेन्सियल | २०६८०.९८ | १७३७१.६० | १९.०५ |
| एनएलजी इन्स्योरेन्स | १८७९०.७४ | १४०७०.२७ | ३३.५५ |
| नेको इन्स्योरेन्स | १८०२८.५० | १६६५१.२३ | ८.२७ |
| युनाइटेड अजोड | १५३२२.२६ | १२०३७.३९ | २७.२९ |
| ओरियन्टल इन्स्योरेन्स | १५०१३.२२ | १३४५५.७८ | ११.५७ |
| सानिमा जीआइसी | १४२८३.३७ | ११९३१.७७ | १९.७१ |
| नेपाल इन्स्योरेन्स कम्पनी | ११८१२.६० | १०९३२.७३ | ८.०५ |
| प्रभु इन्स्योरेन्स | ९३७२.६१ | ९०३९.३० | ३.६९ |
| नेसनल इन्स्योरेन्स कम्पनी | ६९९३.१९ | ६२१९.७४ | १२.४४ |
| राष्ट्रिय बीमा कम्पनी | ५६७२.७७ | ७१२१.३८ | -२०.३४ |
सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै इन्स्योरेन्सले व्यापार बढाएका छन्। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। हिमालयन एभरेष्टले सबैभन्दा धेरै ४५ प्रतिशतले व्यापार बढाएको छ।










