काठमाडौं। सुनचाँदीको मूल्यमा बढोत्तरीको क्रम थामिएको छैन। अघिल्लो दिनका तुलनामा मंगलबार सुन तोलामा ३ सय र चाँदी ५ रुपैयाँ बढेको छ। सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा आइपुगेको थियो। गत आइतबार प्रति तोला ३ लाख ३ हजार ८ सय रुपैयाँ भएको थियो। माघ लागेयता सुनको मूल्य घटेको छैन। १२ दिनमै तोलामा ३२ हजार ८ सय रुपैयाँ महँगिएको छ।
चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँ भएको छ। सोमबार प्रति तोला ६ हजात ७ सय ६५ र आइतबार ६ हजार ४ सय ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ५०८१.५७ डलर र चाँदी १०९.७६ डलरले कारोबार भइरहेको छ।










